Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • स्कुटरको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु


    शनिबार, मंसिर २ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हेटौँडामा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार साँझ धरान चतरा सडकअन्तर्गत हेटौँडा–१७ बाबुचोकमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको हाे ।

    ठुलो दमारबाट हटिया तर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदल यात्री ४३ वर्षीय गोपिनी विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका विश्वकर्माको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने स्कुटर र स्कुटर चालक हेटौँडा–१ का ३५ वर्षीय ईलेश श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार