Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • विराटनगरमा एटीएम मेसिन फोडेको आरोपमा एक जना पक्राउ


    शुक्रबार, मंसिर १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। विराटनगरको मुख्य बजारमा एटीएम मेसिन फोडेर पैसा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उनलाई विराटनगरको महेन्द्र चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोर्डदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा विराटनगर–११ घर भई वडा नम्बर–९ गुद्री बजारमा डेरा गरी बस्ने ३० वर्षीय मुकेशकुमार कामत रहेका छन् ।

    विराटनगर–९ महेन्द्र चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन कात्तिक ३० गते बिहानको करिब ३ बजेतिर फोर्डदै गर्दा कामत पक्राउ परेका हुन् ।

    कामतले चाबी र सानो फलामको चक्कुले एटिएम मेसिन खोल्ने प्रयास गरेका थिए । उनको साथबाट प्रहरीले २ थान चाबी र सानो चक्कु बरामद छ । पक्राउ परेका कामतविरुद्ध चोरी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार