Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • नेपालमा केही गर्दा पनि नहुने: उपसभामुख राना


    शुक्रबार, मंसिर १ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाण्डाै। प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानाले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरे पनि नहुने अवस्था देखिँदै गएको गुनासाे गरेकी छन् ।

    आज विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले भनिन , ‘कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर विरोध गरे । मैले खाना खानेहरूलाई पनि बोलाएर त्यहाँ सफा गरेको छु । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली गरे । केही गर्दा नहुने के यो देश ?’

    उपसभामुख रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताइन। हरेक मानिसले घर बनाउँदै जाने हाे भने नेपालमा खेतीका लागि खाली जमिन बाँकी नरहने हुँदा अब ठूला महल बनाउने काम रोक्नुपर्ने उनको दाबी छ । दुई/तीन जनाका लागि हरेकले घर बनाउँदै जाने हो भने भविष्यमा नेपाललाई खानका लागि खाद्यान्न अपुग हुने उनको भनाइ छ ।

    काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले पद सम्हाले लगत्तै काठमाण्डाैका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरूले नै असहयोग गरेकोप्रति रानाले दुःख व्यक्त गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार