Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुगु सामूहिक हत्याकाण्डमा पक्राउ परेका दुई आरोपीको बयान: हत्यापछि घरमा ताला लगाएर भाग्यौं 


    शुक्रबार, कार्तिक २४ २०८०
    870
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दु गाउँमा एकैपरिवारका चार जनाको हत्यामा जोडिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    नेपालगञ्जबाट प्रहरीले दुई जनालाई पक्राउ गरेर मुगुतर्फ लगेको प्रहरी उच्च स्रोतले बतायो । गएको १० कात्तिकमा मन्दु गाउँमा आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा भेटिएका थिए ।

    लगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मुगुसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको थियो ।

    त्यसक्रममा प्रहरीले हालै दुई जनालाई मृतकको घरबाट चोरी गरिएका सामग्रीसहित पक्राउ गरेको स्रोतले जनाएको छ । पक्राउ पर्नेमा गोर्खबहादुर शाही र गोपाल बोहोरा रहेको प्रहरीले जनाएको छ ।

    स्रोतका अनुसार, मृतकले प्रयोग गर्ने मोबाइलको मोबाइल, सीम कार्ड लगायत पनि बरामद भएको छ ।

    घटनामा ज्यान गुमाउनेमा छायानाथ रारा–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर थिए । हत्यापछि घरबाट सुनको औंठी, तिलहरी, लालपुर्जा र केही नगद समेत गायब भएको थियो ।

    सीआईबीका एक अधिकृत भन्छन्, ‘हालसम्मको अनुसन्धानले हत्यामा लुटपाट मात्रै कारण भएको देखाएको छ ।’ पक्राउ परेकाहरुले गल्ती स्वीकार गरेको समेत प्रहरी अधिकृतहरुले बताएका छन् । पक्राउ परेकाहरुलाई शुक्रबार मुगुमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार