Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक


    बिहिबार, कार्तिक २३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले गत असोज ९ र १० गते सञ्चालित कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    २०८० जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भएर सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरेका, तर बाँकी दुई विषयमा एनजी (नट ग्रेडेड) प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी भएका थिए।

    यसपटक १ लाख १७ हजार ८८२ परीक्षार्थीले पूरक परीक्षा दिएका थिए। पूरक परीक्षा दिएकामध्ये ८८ हजार ९४७ अर्थात् ७५.४५ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्।

    बोर्डले १५ जना परीक्षार्थीको भने परीक्षा रद्द गरिएको जनाएको छ। पूरक परीक्षाको नतिजा बोर्डको बेवसाइटका साथै एसएमएस र आभीआर सेवाबाट परीक्षाफलसम्बन्धी जानकारी प्राप्त गर्न सकिने बोर्डले जनाएको छ।

    उक्त पूरक परीक्षाको नतिजमा चित्त नबुझेका परीक्षार्थीले १५ दिन (आगामी मंसिर ८ गते) भित्र सम्बन्धित कार्यालयमा आवेदन दिन सक्नेछन्।

    ग्रेडवृद्धि परीक्षामा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले आगामी मंसिर ७ गतेपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र ग्रेडवृद्धि (टीएमपीजी) प्रमाणपत्रका लागि रसिद काट्न सक्ने बोर्डले जनाएको छ।

    परीक्षार्थीले शैक्षिक प्रमाणपत्र प्राप्त गर्नका लागि कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसिट तथा लेजरको प्रमाणित प्रति अनिवार्य रुपमा संलग्न गर्नुपर्ने बोर्डले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार