Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खैरहनी नगरपालिकामा ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण 


    शुक्रबार, चैत्र २१ २०७६
    610
    Shares
  • ३ मिनेट पाठ
  • चितवन । चितवनमा  दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरेको छ । 

    कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन गरेका कारण मजदुरी गरी जीवन निर्वाह गर्नेहरु समस्यामा परेपछि गरीब तथा विपन्नको परिवारलाई खैरहनी नगरपालिकाले राहत वितरण गरेको हो ।

     नगरका १३ वटा वडाबाट २ हजार ८९९ घरपरिवारको तथ्यांक संकलन भएको थियो । उक्त तथ्यांकको आधारमा बिहीबारबाट नगरपालिकाले टोल विकास संस्थालाई राहत वितरणको जिम्मा दिएको हो ।

     नगरपालिकाका प्रमुख लालमणी चौधरीले  सामाजिक दूरी कायम राख्दै राहत वितरण कार्य व्यवस्थित बनाउन टोल विकासलाई जिम्मा दिइएको बताए ।

    ४ जनासम्मको परिवारलाई १० किलो चामल, एक किलो दाल, एक किलो नुन र एक लिटर तेल तथा ४ जनाभन्दा माथिका परिवारलाई १५ किलो चामल, एक किलो दाल, एक किलो नुन र एक लिटर तेल दिने गरी मापदण्ड बनाइएको छ ।

    मापदण्ड अनुसार नगरभित्रका २ हजार ८९९ परिवारलाई नै राहत वितरण गरिएको नगर प्रमुख चौधरीले बताए ।

    राहत वितरणलाई व्यवस्थित वनाउन नगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक एवम् खैरहनी १ का वडाध्यक्ष भूमिप्रसाद कडेंलको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

    नगरपालिकाको वडा नम्बर एकमा २६०, दुईमा २६२, तीनका २४४, चारका १७९, पाँचका १८१, छका २४२ घरधुरीलाई राहत दिइएको छ ।

    यस्तै, वडानम्बर सातका १०६, आठका १९६, नौका १६६, दश का ३८०, वडा नं।११ का १२१, वडा नं। १२ का १७१ र १३ का ३९१ घरधुरीलाई राहत वितरण गरिएको छ ।

    कोरोना भाइरसको सक्रमण हुन नदिन नगरपालिकाले प्रत्येक वडामा किटनाशक विषादी छर्नुका साथै जनचेतना फैलाउने काम पनि गरेकोछ ।

    नगरपालिकाले बैंक तथा वित्तीय संस्था खोल्नका लागि सूचनासमेत जारी गरेको छ । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले लकडाउन गरेपछि अहिले बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द छन् ।

    व्यक्तिगत रकम बैंकमा जम्मा हुँदा दैनिक जीवनयापनमा प्रयोग गर्न नपाएकाले यसको वातावरण बनाउन बैंकहरु खोल्न सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार