Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसद्वारा प्रधानमन्त्री राहत कोषमा ५० लाखकाे चेक हस्तान्तरण


    मंगलबार, कार्तिक २१ २०८०
    955
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ।

    पार्टी सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरूको प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको हो।

    कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि नौबुँदे सुझाव पेस गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ। कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ।

    कांग्रेसले राहत र पुनर्निर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनर्स्थापनामा एकद्वार प्रणाली अनुशरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई संघीय सरकारको अनुगमन र सहजीकरणका लागि सुझावसमेत दिएको छ।

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरूको अनुशरण गर्ने बताए। उनले खोज र उद्धारको पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब राहत र पुनर्निर्माणको दोस्रो चरणको काम द्रुतगति हुने बताए।

    त्यस्तै, आजै नेकपा एकीकृत समाजवादीले पनि रु. २५ लाख सहयोग गरेको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी रु. २५ लाखबराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तर गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार