धनुषा । अबैध चोरी निकासी नियन्त्रणमा खटिइरहेको सशस्त्र प्रहरी बल नेपालले धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ इनर्वास्थित अड्डा टोल इलाकाबाट भारी मात्रामा कपडा बरामद गरेको छ ।
धनुषा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिनेश मल्लको सक्रियतामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुर मातहत बिओपी ईनर्वाबाट विशेष सूचनाका आधारमा खटिएको टोलीले कार्तिक २० गते राति ११ बजेको समयमा भारतबाट भन्सार छली तीन वटा मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ३ लाख ७५ हजार मूल्य बराबरको कपडा र कपडा ल्याउन प्रयोग गरेको अन्दाजी ४ लाख ५० हजार मूल्य बराबरको मोटरसाइकल समेत बरामद गरेको हो ।
साथै सोही रात सशस्त्र प्रहरी बल नेपाल नं. ८ गणबाट खटिएको टोलीले जनकपुरस्थित महाविर चोकबाट २ वटा मोटरसाईकलमा अबैध रुपमा ल्याउँदै गरेको अन्दाजी २ लाख मूल्य बराबरको कपडा र कपडा ल्याउन प्रयोग गरेको अन्दाजी २ लाख मूल्य बराबरको मोटरसाइकल समेत बरामद गरेको छ ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात् तस्करहरु मोटरसाइकल र सामान छाडी भागेका थिए । उक्त कपडा र मोटरसाइकल गरी जम्मा १२ लाख २५ हजार बराबरको बरामद सामान आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं ८ गण धनुषा तथा गण मातहत कार्यालयहरुले चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्रै ६० लाख भन्दा बढी मूल्य बराबरका अबैध सामान तथा सामान ओसार पसारमा प्रयोग गरिएका सवारी साधनहरु बरामद गरी आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाएका छन् ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend