Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न दुई महामन्त्रीसहित बालुवाटार पुगे देउवा


    मंगलबार, कार्तिक २१ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आज बालुवाटार पुगेका छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सभापति देउवा, महामन्त्रीद्वय थापा र शर्मा तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा आज बिहान बालुवाटार पुगेका हुन्।

    केही दिनअघि बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले जाजरकोट केन्द्र भई गत शुक्रबार गएको भूकम्पका पीडितलाई उद्धार, राहत र पुनर्स्थापनामा सरकारले तत्काल काम गर्न आग्रह गर्ने निर्णय गरेको थियो।

    साथै कांग्रेसले भूकम्पपीडितलाई सहयोग गर्न सरकारी कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरेको थियो। साथै संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक पनि उपलब्ध गराउने कांग्रेसको निर्णय थियो।

    भूकम्पपछिका अवस्था अवलोकन र सहजीकरणका लागि कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मा संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको थियो।

    कांग्रेस सभापतिसहित नेताहरूले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सबै भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउनसमेत माग गरेका छन्।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार