Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेशीका मुख्यमन्त्रीलाई दिएको विश्वासको मत कायमै राख्ने एमालेको तयारी


    सोमबार, कार्तिक २० २०८०
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेश सरकारमा सहभागि भएको १९ दिनपछि बाहिरिएको नेकपा एमालेले उक्त सरकारलाई दिएकाे समर्थन फिर्ता लिने तर, विश्वासको मत कायमै राख्ने निर्णय गरेकाे छ ।

    एमाले काेशी प्रदेश संसदीय दलकाे आज बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएकाे समर्थन फिर्ता लिएपनि विश्वासको मत कायमै रहेकाे बताए ।

    दलकाे बैठकमा बाेल्ने सांसद बुद्धिकुमार राजभण्डारीलगायत केही सांसदले भने एमाले सांसदकाे सहयाेगमा बनेकाे सरकारमा जानुपर्ने बताएका थिए ।

    यस्तै एमालेले बजेट अध्यादेश स्वीकृत गर्न सहयाेग गर्ने, कर्णालीका भुकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरि राहत सहयाेग गर्ने, दूधकाे बजार व्यवस्थापन गर्न माग गर्नेलगायतकाे निर्णय गरेकाे भण्डारीले जनाए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार