Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित गर्ने कांग्रेसको निर्णय


    शनिबार, कार्तिक १८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले जाजरकोट भूकम्पका कारण सिर्जित परिस्थितिका कारण तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित गर्ने घोषणा गरेको छ। तर, महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रम भने जारी रहने पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

    ‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीत गर्न आवश्यक रहेकोले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ । यो निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्नु–गराउनु हुन नेपाली कांग्रेस निर्देश गर्दछ’, पौडेलको विज्ञप्तिमा भनिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार