Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बिहीबार पक्राउ परेका रिगल बाँके कारागार चलान


    शुक्रबार, कार्तिक १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट आममाफी बदर भएर पक्राउ परेका योगराज ढकाल (रिगल) लाई बाँके कारागार पठाइएको छ। बिहीबार पक्राउ परेका उनलाई आज बाँके जिल्ला अदालतले कारागार पठाएको हो ।

    रिगल संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैदमाफी पाएर दाङ कारागारबाट छुटेका थिए ।

    संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सजाय छुट सर्वोच्चले बिहीबार बदर गरेको थियो । रिगलले बाँकेको नेपालगञ्जका चेतन मानन्धनरको हत्या गरेका थिए ।

    हत्या आरोप पुष्टि भएर सजाय काटिरहेका रिगललाई बाँकी कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उनले पटक पटक अनसन बसेर न्याय मागेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार