Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुख घिमिरेले टी-२० विश्वकपमा छनोट भएको नेपाली टिमलाई बधाई दिए


    शुक्रबार, कार्तिक १७ २०८०
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल-टी २० विश्वकप २०२४ का लागि छनोट भएपछि बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत घिमिरेले बधाई दिएका हुन् ।

    यूएईविरुद्धको खेलपछि घिमिरेले लेखेका छन् ‘टी -२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल ट्वान्टी -२० विश्वकपमा प्रवेश गरेकोमा नेपाली टिमलाई बधाई’

    आज भएको एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको हो ।

    मूलपानी मैदानमा १३५ रनको लक्ष्य पाएको नेपाल ८ विकेटले विजयी भएको थियो । प्रतियोगिताको उपाधिका लागि अब ओमान र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार