Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • नेपालीलाई नै शरणार्थीको व्यवहार देखाउनुहुँदैनः महर


    शुक्रबार, चैत्र २१ २०७६
    1.2K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले भारतबाट आएका  नेपालीहरु सीमानाकामा अलपत्र पर्दा पनि सरकार मुकदर्शक  भइ  बसेकोमा दुखेसो पोखेका छन्। 

    उनले नेपाली भुमी आएपछि आफना नागरिकलाई क्वारेन्टाइनमा राख्नको लागि आवश्यक व्यवस्था मिलाउन नसकेकोमा गुनासो पोखेका  छन् ।

    उनले भने, 'सरकारले आफनो नागरिकलाई शरणार्थीको व्यवहार देखाएको छ । यस अवस्थामा सामाजिक दुरी कम गरी समस्याको समाधान गर्नु पर्ने समयमा सरकार आफैले समस्या खडा गरेको छ । सरकारले भारतीय भुमीबाट नेपाल  आएका नागरिकलाइ उचित व्यवस्था मिलाउनु पर्ने थियो । तर मिलाउन सकेको छैन ।' 

    'उनीहरुले सीमापारीबाट आफ्नो देश फर्कन पाउनुपर्छ भन्दै नाराबाजी गरे । सरकारले सुनेन । बाध्य भएर ज्यानको बाज़ी  थाप्दै महाकाली नदीमा हाम फालेर स्वदेश फर्किदा समेत सरकारले गरेको दुर्व्यवहार अक्ष्यम्य छ,' महरले भने,  'कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी राख्नुपर्ने बेला उनीहरुलाई क्याम्पमा राखिएको छ । त्यहा उत्पन्न खतराको जिम्मा कसले लिन्छ सरकार  । '

    आफ्ना नागरिकप्रति सरकार गैरजिम्मेवार  बनेको उनको आरोप लगाए । 'रेमिट्यान्सका माध्यमले देशको अर्थतन्त्रमा करिब ९ खर्वको योगदान दिने आफ्नै जनता लाई ‘जुन देशमा छन्, त्यही देशले रेखदेख गर्नुपर्छ भन्दै आफ्ना नागरिकप्रति सरकार गैरजिम्मेवार बन्यो,'महरले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार