काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ताको स्वार्थपूर्ति गर्न ‘महागठबन्धन’ बनाउन सक्नेलाई शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन कसले रोक्यो भन्दै प्रश्न गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले कोसी प्रदेश सरकारको उदाहरण दिँदै शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन कसले रोक्यो भन्दै प्रश्न गरेका हुन् ।
“कोसीमा सत्तास्वार्थमा मिल्न सक्ने, महागठबन्धन बन्न सक्ने तर पीडितलाई न्याय दिने विषयमा शान्ति प्रक्रिया टुंगो लगाउन कसले रोक्यो, हामी नयाँ दलले ? हामी प्रक्रियागत रूपमा पीडितको पक्षमा रहेर कहाँ सहयोग गर्नुपर्ने हामी दिन तयार छौँ,” उनले भने ।
ठूला दलहरूमा व्यवस्था गुम्छ कि भन्ने चिन्ता बढेको उनको भनाइ छ । कसका कारणले व्यवस्था गुम्ने हो भन्दै उनले प्रश्न समेत गरे । व्यवस्था अरूका कारण कि तपाईं हाम्रो चरित्रका कारण खतरामा छ भन्दै उनले थप प्रश्न गरे ।
“यसमा प्राथमिकता दिएको भए यसमा चिन्ता गर्नुपर्ने थिएन । व्यवस्था जोगाएका छौँ कि आफ्नो मान्छे ?,” उनले भने, “साँच्चै मुलुकको चिन्ता हुन्थ्यो भने जेलमा बसेको मान्छे छुटाउने चिन्ता हुने थिएन ।”
उनले संसद्ले जनप्रतिनिधिको आवाज सुनेको छैन भने नागरिकको आवाज कसरी सुन्छ भन्दै प्रश्न गरे । पार्टीले पटक–पटक दर्ता गराएको संकल्प प्रस्तावलगायत विषय सरकारले छलफलमा नल्याएको उनले उल्लेख गरे ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend