Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • गोली प्रहारबाट प्रिन्सिपलको मृत्यु प्रकरण: पूर्व शिक्षिकासहित ६ जना पक्राउ


    मंगलबार, कार्तिक १४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

    बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताए ।

    पक्राउ पर्नेहरुमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिकासमेत रहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

    सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको प्रहरीको भनाइ छ । टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार