काठमाडौं । गोली हानेर बारा जिल्लास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रूपेश सर्राफको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका आरोपितलाई प्रहरीले सार्वजनिक भने गरेको छैन ।
बारा कलैया उपमहानगरपालिका–६ का रूपेशमाथि आज दिउँसो १ बजे २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया बजारमै गोली प्रहार गरेका थिए । तीनवटा गोली लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेको मधेस प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार उनीमाथि पाँचवटा गोली प्रहार भएको थियो । उनीमाथि दुईवटा मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको प्रहरी बताउँछ ।
सुन प्रकरण हत्याको कारण हुन सक्ने प्रहरीको आशंका:
रूपेशको हत्यालगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि घटनाबारे चासो राखेको छ । हत्या गरिएका रूपेश ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका बाराकै सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सर्राफका आफन्त हुन् ।
बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले घटनाबारे विभिन्न तरिकाबाट अनुसन्धान थालिएको बताए।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend