काठमाडौं । उपत्यका विकास प्राधिकरणकी प्रमुख आयुक्त जानुका ढकालले आफ्ना पतिलाई उपहार दिएको सरकारी गाडी राष्ट्रिय सतर्कता केन्द्रले तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ ।
प्राधिकरणको स्वामित्वमा रहेको ४२५७ नम्बर (सिल्भर कलरको स्कारपियो) को सरकारी गाडी ढकालले आफ्ना पति विनोद पछाइलाई निजी प्रयोजनका लागि उपलब्ध गराएकी छन् ।
यसबारेमा समाचार बाहिरिएपछि सतर्कता केन्द्रले दशंै अगाडि नै प्राधिकरणलाई चिट्ठी लेखी उक्त नम्बरको सरकारी गाडी फिर्ता गर्न निर्देशन दिएको हो ।
केन्द्र स्रोतका अनुसार केन्द्रले पठाएको चिट्ठीमा उक्त गाडी प्राधिकरणलाई फिर्ता नगरी सहरी विकास मन्त्रालयलाई फिर्ता गर्न निर्देशन गरिएको छ ।
प्राधिकरणलाई फिर्ता पठाएमा फेरि दुरुपयोग हुनसक्ने सम्भावना भएकाले मन्त्रालयलाई नै फिर्ता पठाउन निर्देशन गरिएको केन्द्रका एक कर्मचारीले बताए । ती कर्मचारीले भने–‘रातो नम्बर प्लेट राखेर सरकारी गाडीको यसरी दुरुपयोग हुनु भनेको अख्तियारीको चरम दुरुपयोग हो । तुरुन्त फिर्ता नगरेमा हामीले थप कारबाही गर्छौ ।’
यस विषयमा प्रतिक्रिया माग्दा ढकालले सतकर्ताले गाडी फिर्ता मागेको स्वीकार गरिन् । तर उक्त नम्बरको गाडी आफूले प्रयोग गर्ने गरेको दाबी गरिन् । ‘कहिलेकाहीँ म चढेको बेला मलाई गाडी चलाउन आउँदैन, मेरो श्रीमानले चलाउनुहुन्छ । नभए मैले नै फिल्डमा जाँदा प्रयोग गर्छु’ उनले भनिन् ।
४२५७ नम्बर (सिल्भर कलरको स्कारपियो) को सरकारी गाडी काठमाडौं उपत्यका विकास प्राधिकरण मातहतको भक्तपुर जग्गा एकीकरण आयोजनाको स्वामित्वमा छ । तर उक्त गाडी पछाईले केही बर्षदेखि आफ्नै जस्तो गरेर निजी प्रयोग गरिरहेका छन् । यहाँसम्म कि तरकारी बोक्ने, छोराछोरीलाई स्कूल पठाउने घुमघाम गर्ने काम पनि त्यही गाडीबाट गर्दै आएका छन् । उक्त गाडी रातो नम्बर प्लेटको छ ।
त्यसैले पनि पछाईलाई गाडी प्रयोग गर्न सजिलो भएको छ । सरकारको मातहतमा रहेका आयोजनाहरूले रातो नम्बर प्लेट राखेर गाडी गर्न खरिद गर्न सक्छन् तर यस्ता गाडी बढीमा एउटा÷दुई वटा मात्र खरिद गर्न सक्छन । सरकारी बिदाको दिनमा पनि फिल्डमा गई काम गर्नुपर्ने भएकाले जग्गा एकीकरण आयोजनाहरुले रातो नम्बर प्लेटका एउटा–दुई वटासम्म गाडी खरिद गर्न सक्ने छुुट दिइएको हुन्छ ।
‘प्राधिकरणमा आएपछि ढकालले भक्तपुर जग्गा एकीकरण आयोजनासँग रातो नम्बर प्लेटको एउटा गाडी भएको थाहा पाइन्, त्यसपछि प्राधिकरणका लागि भनेर भक्तपुरबाट गाडी मगाइन् । तर उक्त गाडी प्राधिकरणको लागि नभई आफ्नो श्रीमानलाई प्रयोग गर्न दिइन्–स्रोतले भन्यो । यहाँसम्म कि भक्तपुर जग्गा एकीकरण आयोजनाका कर्मचारीहरुले समेत आयोजनाको स्वामित्वमा रहेका गाडी जानुका ढकालका श्रीमानले प्रयोग गरिरहेका छन् भन्ने थाहा पाएका छैनन् ।
यस विषयमा जिज्ञासा राख्दा प्राधिकरणका लागि भनेर आफूहरुले गाडी उपलब्ध गराएको जवाफ उनीहरुले दिने गरेका छन् । ‘हामीले केभीडीएलाई गाडी उपलब्ध गराएका हौं । तर प्रमुख आयुक्तका श्रीमानले निजी प्रयोग गरिरहेका छन् भन्ने थाहा थिएन’ भक्तपुर जग्गा आयोजनाका एक कर्मचारीले भने–‘यो त अति नै भयो । ट्राफिक प्रहरीलाई भनेर गाडी फिर्ता लिनुपर्छ ।’
भक्तपुर जग्गा एकीकरण आयोनजाका आयोजना प्रमुख कृष्ण महर्जन हुन् । उनीसँग सम्पर्क हुन सकेन । तर स्रोत भन्छ–पछाईले गाडी प्रयोग गरिरहेको पछाईलाई समेत थाहा छैन । यो कुरा प्राधिरणका एक दुई जना उच्च कर्मचारीलाई मात्र थाहा छ ।’
पछाई बिजुलीबजार प्रभु बैंकको ओपजिट मूल सडक भेट्ने ठाउँ नजिकै बस्ने गर्छन् । उनले धेरैजसो ४२५७ नम्बरको गाडी सडक नजिकै पार्किङ गरिरहेका हुन्छन्–स्रोत भन्छ ।
ढकालको कार्यसम्पादन क्षमता निकै कमजोर छ । उनी आएपछि काठमाडौं उपत्यकामा विकासको जिम्मा पाएको केभीडीएको प्रगति अत्यन्त लाजमर्दो छ । तत्कालीन सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्रालयमा आएपछि उनलाई हटाउन धेरै प्रयास गरिन् ।
हटाउनकै लागि दुई पटकसम्म स्पष्टीकरण सोधिन् । तर रमेशकुमार सिंह मन्त्रालयको सचिवको रुपमा फेरि सहरीमा फर्केपछि ढकाललाई हटाउने योजना त्यत्तिकै तुहियो । सिंह सहरीमा रहेसम्म ढकाललाई हटाउने सोच कसैले बनाएनन् । स्रोत भन्छ–अहिले ढकाललाई हटाउने तयारी फेरि भएको छ । उनको कार्यसम्पादनमाथि बारम्बार गुनासो आउन थालेपछि वर्तमान सहरी विकास मन्त्री ढकालसँग खुशी नभएको स्रोतले बतायो ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend