Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि लामिछाने भन्छन्- रास्वपाले दैनिक सयौं मानिसको सेवा गरिरहेको छ


    शनिबार, कार्तिक ११ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफूहरु सबै पेसा व्यवसाय छोडेर गुनासो गर्ने ठाउँबाट काम गर्ने ठाउँमा पुगेको बताएका छन् ।

    आज (शनिबार) ललितपुरमा आयोजित वृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले आफूहरु अहिले दैनिक सयौं जनताको सेवामा समर्पित भइरहेको टिप्पणी गरे ।

    ‘हामी आफ्नो पेसा व्यवसाय सबै छोडेर गुनासो गर्ने ठाउँबाट काम गर्ने ठाउँमा आएका छौं । अहिले पनि प्रत्येक दिन आपत परेका, विपत परेका, समस्यामा परेका नागरिकहरु हाम्रो पार्टी कार्यालयमा, हाम्रा नेताहरुलाई, हाम्रा सांसदहरुलाई सम्पर्क गरिरहेका छन् । दिनमा सबै सांसदहरुले गरेर हामी सयौं मानिसहरुलाई सेवा गरिरहेका छौं,’– उनले भने ।

    आफूहरु जनताको पक्षमा काम गरिरहेको र जनताको समस्या सुनेर समस्या समाधान गरिरहेको उनले दाबी गरे । अहिले पनि विदेशमा अलपत्र परेकादेखिसरकारी जग्गा हडपेको विषयमा पार्टी कार्यालयमा र रास्वपाका नेताहरुलाई गुनासो आइरहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार