Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ


    शुक्रबार, कार्तिक १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तिलोत्तमा — रुपन्देहीको कञ्चन गाउँपालिकामा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–३ का ४२ वर्षीय बुद्धबहादुर पुन रहेका छन् ।

    इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको कमान्डमा खटिएको सुरक्षा टोलीले उनलाई खोजतलास गर्ने क्रममा कपिलवस्तु वाणगंगा नगरपालिका–१० स्थित कोठी खोलाबाट नियन्त्रणमा लिएको हो ।

    बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बलात्कृत बालिकाको उपचार भइरहेको र उक्त घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार