गौर । देशमा आर्थिक मन्दी छ । राजस्व असुली लक्ष्य अनुसार हुन सकेको छैन । गतबर्षको भन्दा पनि कम राजस्व असुली भएकाले आगामी मंसिरदेखि कर्मचारीलाई तलव खुवाउन पनि धौधौ हुने आँकलन अर्थविद्हरुले गर्न थालेका छन् ।
भन्सारबाट हुने आयातले राजस्वको मुख्य हिस्सा ओगट्ने गर्दछ । तर सीमा क्षेत्रमा भन्सार तिरेर भन्दा तस्करीबाट सामान भित्रने गरेको छ । सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा भन्सारछली हुँदैआएको छ । भारतीय सीमावर्ती क्षेत्रबाट रातभर सीमा क्षेत्रमा मोटरसाइकलबाट लत्ताकपडा, चिनी नेपालमा ल्याएर गोदाममा राख्ने र त्यहाँबाट काठमाडौं लगायतका सहरमा लाने गरिएको छ ।
तस्करीका सामान सबैभन्दा बढी सिरहाका माडर, ठाडी जस्ता नाकाबाट आउने गरेको सूचनापछि १ महिनाअघि राजस्व अनुसन्धान कार्यालय इटहरीले ट्रक नियन्त्रणमा लिनुका साथै विभिन्न ठाउँका गोदाममा छापा हानेको थियो । सशस्त्र प्रहरी बलका गणपति प्रमोद भारतीकै सेटिङमा तस्करी भएको समाचार आएपछि उनलाई तानिसकिएको छ ।
सिरहामा यसअघि भएकै जस्तो तस्करी सशस्त्र प्रहरी बलकै मिलेमतोमा रौतहटमा हुने गरेको छ । सशस्त्र प्रहरी बल गण नं. ११ हजमिनिया रौतहटकै संरक्षणमा विभिन्न नाकाबाट दररेट तोकेर घुस लिंदै तस्करी गर्न छुट दिइएको समाचार नेपालफेसलाई प्राप्त भएको छ ।
सिरहामा एसपी भारतीले नै सबै सेटिङ गर्दैआएका थिए भने रौतहटमा गौर गुल्मका इन्चार्ज डीएसपी अमर लामाले मिलाउने गरेका छन् । भारतीकै जस्तो उनी पनि सेटिङमा पारंगत रहेको बताइन्छ । स्रोतका अनुसार रौतहटको गण नं. ११ का एसपी माधव रेग्मी हुन् । तर ब्यापारीसँग सेटिङ मिलाउने काम भने गौर गुल्मका डीएसपी अमर लामाले गर्दैआएका छन् ।
रौतहटको सदरमुकाममै रहेको भन्सार कार्यालय गाडिबाटै तस्करी हुने गरेको छ । त्यसका अतिरिक्त बेलबिछवा लक्ष्मीपुर, महादेवपट्टि, मठिया नाका, बंकुलबाट बढी तस्करी हुँदैआएको छ । सशस्त्र प्रहरीकै सामुन्ने यी नाकाबाट तस्करी गरी सामान नेपालतर्फ ल्याउँदैगरेको दृश्यसहितको भिडियो समेत नेपालफेसलाई प्राप्त भएको छ ।
बेलबिछवा लक्ष्मीपुर नाकाबाट मदिरा तस्करीको लाइन पाउने ब्यापारीहरुमा वीरेन्द्र सिंह, नवल साह, निरज सिंह छन् । ब्रम्हदेव यादवले कुुखुराको चल्ला, प्रभु पण्डित र रुपेश, इन्साद कपडाको लाइन पाएका छन् । मदिराको तस्करी गर्नेहरुलाई मासिक २५ देखि ३० हजार रुपैयाँ घुसको दररेट तोकिएको छ भने कुखुराको चल्ला र कपडाको २५ देखि ३५ हजार रहेको स्र्रोत बताउँछ ।
यो नाकाबाट तस्करीको लाइन मिलाउन ब्यापारीहरुले नेपाल प्रहरीको स्थानीय चौकीका इन्चार्जलाई समेत सेटिङ गर्ने गरेका छन् । गौर गुल्मका डीएसपी अमर लामाको सेटिङमा भन्सार अगाडिबाटै खुलेआम तस्करी हुने गरेको छ । मासिक ८० हजारदेखि १ लाख रुपैयाँदेखि सम्म दररेट तोकेर उक्त नाकाबाट ब्यापारीलाई कपडा तस्करीको लाइन दिइएको छ । मनोज, शत्रुघन, किरणीया, करणीदेवी, भगवतीया, कान्तिले कपडा भन्सारछली गरी भित्र्याउने गरेका छन् ।
महादेवपट्टि नाकाबाट मदिरा, हार्डवेययरका सामान, खैनी, गुट्खा नेपालतर्फ भित्र्याउने गरिएकोे छ । किशोरीले र छोटेलालले मदिरा र हार्डवेयर, नेताजीले मदिरा र खैनी भित्र्याउने गरेका छन् । यो नाकामा पनि यी ब्यापारीलाई मासिक दररेट नै कायम गरी तस्करीको लाइन दिइएको छ ।
औरैया नाकाबाट अमजितले कपडा र खैनीको लाइन पाएका छन् । मिश्रीलाल र प्रमोदले किराना सामान भारतबाटभन्सारछली गरी ल्याउने गरेका छन् । भारतीय बजार चैनपुरबाट भन्सारछलीका सामान खुलेआम भित्रंदा पनि सशस्त्र प्रहरीले त्यसमा रोकतोक नगरी छुट दिने गरेको छ ।
२५ देखि ५० हजार घुस दिएर उल्लखित ब्यापारीहरुले यो नाकाबाट तस्करीको सामान ल्याउने गरेको आरोप छ । औरैयाको सशस्त्रको बीओपीकै अगाडिबाट तस्करीको सामान भारतीय बजारबाट ल्याउने गरिएको छ । यो नाकामा रहेको नेपाल प्रहरीको चौकीका सईलाई मिलाएर सामान भित्र्याउने गरिएको छ ।
भारतीय बजार घोडासनसँग जोडिएको मठिया महुलिया र मत्सरी रामपुर खाप नाकाबाट पनि ब्यापक रुपमा तस्करीको सामान नेपालतर्फ भित्रने गरेको छ । यो नाकाबाट दररेट बुझाएर मदिरा तस्करीको लाइन जैसवालले पाएका छन् । राजाबाबुले खसीबाख्रा, इम्तीयाज र नागेन्द्रले भैंसी तस्करी गर्ने गरेका छन् । मदिरा र खसीबाख्रा नेपालतर्फ भित्र्याएबापत २० हजार र भैंसीको ५० हजार दररेट तोकिएको स्रोत बताउँछ । जयनगरमा नेपाल प्रहरीको असई बस्छन् । उनलाई समेत तस्करहरुले सेटिङ गरेका छन् ।
सशस्त्र र नेपाल प्रहरीको सेटिङमा खुलेआम तस्करी हुने गरेपछि भन्सार तिरेर सामान लान चाहने ब्यापारी पनि तस्करीमा लागेको गौर भन्सार कार्यालयका प्रमुख अमिन्द्र सिंहले नै भन्ने गरेका छन् ।
९ महिनामा ३ करोड ९८ लाखका सामान बरामद
रौतहटमा भन्सारछली तस्करी बढिरहेकै अवस्थामा सशस्त्र प्रहरीले ९ महिनामा अवैध सामान बरामद गरेको विवरणा पनि सार्वजनिक गरेको छ । सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटले २०७९ माघदेखि २०८० असोजसम्म सार्वजनिक गरेको प्रगति विवरणमा ३ करोड ९८ लाख ८२ हजार ५ सय २८ रुपैयाँबराबरको अबैध समान बरामद गरेको उल्लेख छ । बरामद गरिएका सामानहरुमा बस १, पिकअप १, म्याजिक १, बोलेरो १, ट्याक्टर १, मोटरसाइकल ७८ वटा छन् ।
त्यसैगरी अबैध किराना, कस्मेटिक, लत्ताकपडा, मोटरपार्टर्स्, काठ, पशुचौपाय, ब्राृेइलर कुखुरा, मदिरा, मलखाद, अबैध नेपाली रुपैयाँ, अबैध भारतीय रुपैयाँ, पटाका बरामद गरेको प्रगति विवरणमा उल्लेख छ । अबैध रुपमा भित्र्याइएका सामानका अतिरिक्त २१ जनालाई पक्राउ गरिएको गणले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend