Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिटीको हारको शृङ्खला अन्त्य


    आइतबार, कार्तिक ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लगातार तेस्रो हारबाट जोगिएको छ । शनिबार साँझ भएको खेलमा सिटी २–१ गोलले विजयी बनेको हो ।

    यसअघि पेप ग्वार्डिओलाको टोली वूल्भ्स र आर्सनलसँग पराजित भएको थियो । सिटीले पेपको नेतृत्वमा हालसम्म लगातार तीन खेल हारेको छैन ।

    साबिक विजेता टोलीले खेलको सातौँ मिनेटमा नै अग्रता लिएको थियो । जुलियन अल्भारेजले जेरेमी डोकुको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । १९ औँ मिनेटमा अर्लिङ हालाल्डले तीन खेलमा आफ्नो गोलविहीन शृङ्खला अन्त्य गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

    दोस्रो हाफको ७३ औँ मिनेटमा अन्सु फातीले ब्राइटनका लागि गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो । ब्राइटनले थप गोलका लागि सिटीलाई दबाब दिए पनि सफल हुन सकेन । इन्जुरी समयमा एकान्जीले दोस्रो पहेँलो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित बनेको थियो ।

    जीतसँगै सिटी २१ अङ्कसहित गोल अन्तरको आधारमा लिगको शीर्ष स्थानमा रहेको छ । १६ अङ्कसहित ब्राइटन लिगको सातौँ स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार