Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • प्रिमियर लिगको उपाधिमा म्यानचेस्टर सिटीको ह्याट्रिक


    आइतबार, जेष्ठ ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जारी सिजनको प्रिमियर लिग उपाधि म्यानचेस्टर सिटीले जितेको छ । सिटीले तीन खेल अगावै जीत हासिल गरेर उपाधिमा ह्याट्रिकसमेत मारेको छ ।

    शनिवार राती भएको खेलमा उपाधि दाबेदार आर्सनल नटिङ्घम फरेस्टसँग १–० ले पराजित भए पछि सिटी तीन खेल अगावै च्याम्पियन बन्न पुगेको हो । आर्सनलको पराजयले सिटीलाई लिगको उपाधिका ह्याट्रिक गर्ने अवसर जुटेको हो ।

    लिग उपाधिमा ह्याट्रिक गर्ने सिटी म्यानचेस्टर युनाइटेडपछि दोस्रो क्लबसमेत बनेको छ । युनाइटेडले १९९८–२००१ र २००६–२००९ मा लगातार तीनपटक उपाधि जितेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार