Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रिमियर लिगमा आर्सनल र लिभरपुलको बराबरी


    सोमबार, चैत्र २७ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल घरेलु टोली लिभरपुलसँग बराबरीमा रोकिएको छ । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले लिभरपुलसँग अंक बाँड्न बाध्य भएको छ ।

    सो खेल २–२ को बराबरीमा सकिएको थियो । आइतबार राति एनफिल्डमा भएको खेलको ८ औँ मिनेटमा मार्टिनेलीको गोलबाट आर्सनलले अग्रता लिएको थियो । पहिलो हाफको २८औँ मिनेटमा गाब्रिएल जेससले अर्को गोल थपे पछि आर्सनल २–० को अग्रता कायम गर्न सफल भयो ।

    तर, त्यो अग्रतालाई आर्सनलले जोगाउन सकेन । र, ४२औँ मिनेटमा सलाहले गोल गर्दे लिभरपुललाई २–१ को स्थितिमा फर्काए । दोस्रो हाफको ५४औँ मिनेटमा सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले आर्सनलसँग बराबरी हुने मौका गुमायो । तर, निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा अर्थात् ७८ औँ मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई हारबाट मात्रै जोगाएनन्,, खेल नै बराबरीमा राखिदिए ।

    यस खेलबाट आर्सनलको ३० खेलबाट ७३ अंकसहित अग्रस्थानमा छ भने लिभरपुल २९ खेलबाट ४४ अंक जोडेर आठौँ स्थानमा सीमित रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार