Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आत्मविश्वासी नेदरल्याण्ड्स र संघर्षरत श्रीलंका भिड्दै


    शनिबार, कार्तिक ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एकदिवसीय विश्वकप २०२३ मा आज अर्थात शनिबार डबल हेडर खेलहरु हुँदैछन् । पहिलो खेल नेदरल्याण्ड र श्रीलंकाबीच लखनउको एकना स्टेडियममा हुनेछ । खेल नेपाली समयअनुसार १०:४५ बजेबाट सुरु हुनेछ।

    विश्वकपमा नेदरल्याण्ड र श्रीलंकाबिचको यो पहिलो खेल हो । यसअघि विश्वकपमा दुवै टोली आमनेसामने भएका छैनन् । तर, यी दुई टोलीबीच एकदिवसीयमा ५ खेल भएका छन् । सबै खेल श्रीलंकाले जितेको थियो ।

    दुई टोलीबीचको अन्तिम खेल जुलाईमा विश्वकप छनोटका क्रममा भएको थियो । जसमा श्रीलंका १२८ रनको ठूलो अन्तरले विजयी भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार