Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • गृहजिल्ला झापा पुगे ओली, शुभकामना आदानप्रदान कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा


    शुक्रबार, कार्तिक ३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिखेर गृहजिल्ला झापामा छन् । यस वर्षको दसैँतिहार, छठ पर्वको अवसरमा ओलीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको व्यवस्थापन एमाले झापा जिल्ला कमिटीले गरेको छ ।

    उक्त कार्यक्रमस्थल विर्तामोडको सिटी सेन्टरमा सुरक्षा निगरानी बढाइएको छ । कार्यक्रमस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । कोशी नामकरणलाई लिएर पछिल्लो समय पहिचानवादीले एमाले नेता कार्यकर्तालाई निसाना बनाउँदै आएका छन् ।

    केही दिनअघि मात्र एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रममा पहिचानवादीको हुलमा मिसिएर दुर्गा प्रसाईँ समर्थकले एमाले कार्यकर्ताको गाडी तोडफोड गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार