काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहिबार एक व्यक्तिको स्वाब परिक्षणमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ । '
छैठौँ संक्रमित व्यक्ति फ्रान्सबाट आएकी युवती चढेकै जहाजमा नेपाल आएको मन्त्रालयले उल्लेख गरेको छ । उनको बिहीबार आएको नमूना परीक्षणको रिपोर्टवाट पहिचान भएको मन्त्रालयले जनाएको छ।
उनी पनि चैत ४ गते कतार एयरवेजको ६५२ हवाइजहाज मार्फत नेपाल आएका थिए।