Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वमुख्यमन्त्री राजेन्द्र राई भन्छन्- केदार कार्कीले कुनै बहादुरी गरेका होइनन्


    बुधबार, कार्तिक १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एकीकृत समाजवादीका कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री समेत रहेका राजेन्द्र राईले मुख्यमन्त्री केदार कार्कीले कुनै बहादुरी नगरेको टिप्पणी गरेका छन् ।

    विश्वासको मत लिने मुख्यमन्त्री केदार कार्कीको प्रस्तावमाथि प्रदेशसभामा बुधबार भएको छलफलमा भाग लिँदै राईले कार्कीलाई भन्दा पहिला आफूहरुलाई एमालेबाट मुख्यमन्त्रीको प्रस्ताव आएको बताए । तर आफूहरुले गठबन्धनको भावनाअनुसार त्यसलाई स्वीकार नगरेको बताए ।

    ‘यसरी मुख्यमन्त्री हुने हो भने शायद केदार कार्की माननीय ज्यूलाई भन्दा पहिला हामीलाई प्रस्ताव आएको थियो होला । दशौं पटक आएको थियो होला’, उनले अघि भने ‘सबभन्दा पहिला त हामीलाई आयो होला यो प्रस्ताव किनभने ४ जना भयो भने उहाँहरुको काम चलिहाल्थ्यो ।’

    कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई समेत धेरै पटक यस्तो प्रस्ताव आएको उनले सुनाए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार