Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरीबाट स्रोत नखुलेको झण्डै ८ लाख रुपैयाँसहित दुई महिला पक्राउ


    मंगलबार, असोज ३० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम। स्रोत नखुलेको करिब ८ लाख रुपैयाँसहित सप्तरी प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–२ बस्ने २७ वर्षीया सीमा भन्ने सागर कुमारी चौधरी र सिरहाको लहान नगरपालिका–१ बस्ने २६ वर्षीया चन्दा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

    पूर्व–पश्चिम राजमार्गस्थित रुपनी नगरपालिका–१ खाडोपुलमा विशेष सूचनाको आधारमा दुवैजनालाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।

    प्रहरीले प्र १–००–४८ प ३०९० नम्बरको स्कुटर चेकजाँच गर्दा स्कुटरको डिकीमा झोलाभित्र लुकाइछिपाइ राखेको श्रोत नखुलेको ७ लाख ५० हजार र चालक सागर कुमारी चौधरीले लगाएकी ज्याकेटको खल्तिबाट ३६ हजार ५ सय रुपैयाँ गरी ७ लाख ८६ हजार ५ सय बरामद गरेको प्रवक्ता न्यौपानेले बताए।

    उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार