भक्तपुर। प्रहरीले अवैध लागूऔषध कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका-२ को औद्योगिक क्षेत्र अगाडि चेकजाँच गर्ने क्रममा गत २३ असोजमा प्रहरीले सुर्यविनायक नगरपालिका-६ का सुशान्त अर्याललाई स्कुटरको डिकीमा लागुऔषध राखेर लगिरहेको भेटाएको थियो ।
अर्याललाई पक्राउ गरी अनुसन्धान गर्नेक्रममा थप तीन जना लागुऔषध कारोबारमा संलग्न रहेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।
प्रहरीले मध्यपुरथिमि नगरपालिका-३ बाट काठमाडौंका कृष्णकुमार दास र काठमाडौंको सिनामंगलबाट सप्तरीका दिपेन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो । त्यस्तै, अनुसन्धानकै क्रममा सप्तरीका जितेन्द्रकुमार रमनलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीकाअनुसार अर्यालको साथबाट नोर्फिन –४५ एम्पुल , डाईजोपाम – ४५ एम्पुल, फेनेरागन – ४५ एम्पुल, प्रयोग नभएको सिरिन्ज – १ थान र प्रयोग भएको सिरिन्ज – ६ थान लागूऔषध बरामद भएको थियो ।
त्यस्तै, दास र यादवको साथबाट डायजपाम १२५ एम्पुल, बुप्रिनोर्फिन १२५ एम्पुल र प्रोमेथोजिन १२५ उम्पुलसहित पक्राउ गरिएको डिएसपी पाठकले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी परिसरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend