Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दसैँका लागि आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने


    सोमबार, असोज २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले यस वर्षको दशैंका लागि आज(सोमबार) देखि खसी, बोका र च्याङ्ग्रा बिक्री गरिने जनाएको छ । कम्पनीले आजदेखि सहुलियतमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्न लागेको हो ।

    धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा आज बिहान काठमाडौं ल्याइने र आजैबाट बिक्री सुरु गरिने कम्पनीले जनाएको छ ।

    कम्पनीले खसी, बोका र च्याङ्ग्रा वाग्मती प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री गर्नेछ । कम्पनीले यसवर्ष खसी, बोका र च्याङ्ग्रा खरिदका लागि ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार