Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनीयताको शपथ, दुई मन्त्री नियुक्त


    आइतबार, असोज २८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन् ।

    संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की हिजो शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    नेपाली कांग्रेसका शमशेर राई र नेकपा (एमाले)का राम रानालाई मन्त्रीमा नियुक्त गरिएको छ । उनीहरूले पनि शपथ लिएका छन् । दुवै मन्त्री हाल बिनाविभागीय छन् ।

    कांग्रेसका आठ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार