Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कोशी प्रदेशमा मन्त्री छान्दै एमाले, राम रानाको नाम टुंगियो


    आइतबार, असोज २८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । नेकपा एमालेले केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी हुन मन्त्री छनोट गर्दैछ । अहिलेसम्म राम रानाको नाम टुंगिएको र अरु नामका विषयमा छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

    एमालेका सबै ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् र उनले आज आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

    मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री कार्कीले एमालेलाई पनि सहभागी गराउने तयारी गरेकाले मन्त्रीको नामका विषयमा छलफल भइरहेको भण्डारीले बताए । ‘मुख्यमन्त्रीसँग छलफलपछि निर्णयमा पुग्छौं’, उनले भने ।

    नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहबाट रामकुमार खत्री र समशेर राईको नाम चर्चामा छ । तर टुङ्गो लागेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार