Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डको दाबी– केदार कार्की गठबन्धनकै मुख्यमन्त्री हो


    शनिबार, असोज २७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की सत्तारुढ गठबन्धनको मुख्यमन्त्री भएको दाबी गरेका छन् । कार्की गठबन्धनकै उमेदवारका रूपमा मुख्यमन्त्री बनेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग उनले कोसीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने पनि स्पष्ट पारे ।

    आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग आफ्नो छलफल भएको र गठबन्धन बलियो बनाउने कुरामा सहमति बनेकाे प्रचण्डले जानकारी दिए ।

    “अहिले कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको मुख्यमन्त्री हो । त्यसैले यो समस्याको सेफल्यान्डिङ गरेका छौँ,” उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार