Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सात वटै प्रदेशबाट कोरोना परीक्षण सुरु हुने


    बिहिबार, चैत्र २० २०७६
    1.2K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २० चैत । सरकारले कोरोना भाइरसको नमूना परीक्षण सातै प्रदेशबाट गर्ने तयारी बिहीबारदेखि सुरु गरेको छ । कोरोना भाइरसको परीक्षण ब्यापक रुपमा नगरेपछि यसको संक्रमण भए नभएको एकीन गर्न गाह्रो छ । कोरोनाको नमूना परीक्षणका लागि सात वटै प्रदेशमा आवश्यक जनशक्ति र उपकरण सम्बन्धित क्षेत्रमा पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रदेश नं १ मा धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि र गण्डकी प्रदेशको पोखरामा मंगलबारदेखि सो भाइरसको नमूना परीक्षण सेवा शुरु भइसकेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
    प्रदेश नं २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं ५ को वुटवल र वाग्मती प्रदेशको हेडौँडामा आजदेखि नमूना परीक्षण गर्ने आवश्यक तयारी भइरहेको छ ।

    प्रवक्ता देवकोटाका अनुसार सबै स्थानमा नमूना परीक्षणका लागि आवश्यक उपकरण सहित सम्पूर्ण सामग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला सञ्चालन गर्न मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार