Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मलाई र स्वर्णिम वाग्लेलाई हराउन बनेको महागठबन्धनले कोशीमा सार्थकता पाएछ: रवि लामिछाने


    शनिबार, असोज २७ २०८०
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत उपनिर्वाचनमा आफू र स्वणिम वाग्लेलाई हराउन ड्राफ्ट तयार भएको महागठबन्धनले आज सार्थकता पाएको टिप्पणी गरेका छन् ।

    गठबन्धनको सहमतिविपरित एमालेको समर्थनका कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

    कोशीमा कार्की मुख्यमन्त्री बनेलगत्तै कांग्रेस नेता डा. शेखर कोइरालाले गठबन्धन नतोड्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग सहमति गरेका छन् ।

    सभापति लामिछानेले भनेका छन्, ‘गत उप–निर्वाचनमा मलाई र डा. स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको महागठबन्धनले आज कोशीमा सार्थकता पाएछ । राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्। र आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठवन्धन गरी, सकेसम्म चुनाव चिन्ह समेत एउटै हुने गरि महासहमति पनि गर्नु होला ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार