Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • गैरीगाउँ हत्या प्रकरण : सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान


    शुक्रबार, असोज २६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गैरीगाउँ हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गत भदौ २९ गते राती तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलमा चार जनाको हत्या आराेपी भण्डारीलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले भण्डारीलाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएका हुन् ।

    गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिल भित्र चार जनाको सामूहिक हत्या भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार