Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • काठमाडौंको गोकर्णेश्वरमा लुटेरा समूहबाट पेस्तोल र ७ राउण्ड गोली बरामद


    बिहिबार, असोज २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, जगडोलमा लुटेरा समूहबाट एउटा पेस्तोल र ७ राउण्ड गोली बरामद गरेको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै जाँदा आक्रमण गर्न खोजेको भन्दै दुई राउण्ड गोली चलाएको थियो ।

    त्यसक्रममा सिन्धुलीको कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए ।

    उक्त घटनापछि सर्लाही घर भएका ३६ वर्षीय सन्त लामा र सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट पेस्तोल र गोली बरामद भएको मैनालीले बताए ।

    यस घटनामा फरार रहेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार