काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका कार्यकर्ताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न जनकपुर विमानस्थलको धावनमार्गमै पुगेका छन्।
एमाले कार्यकर्ताहरू सुरक्षा घेरालाई चुनौती दिएर धावनमार्गमा प्रवेश गरेको विमानस्थल प्रमुख भीमदत्त पन्तले बताए।
एमाले मधेश प्रदेश अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली यति एयरलाइन्सको जहाजबाट बुधबार जनकपुर विमानस्थल पुगेका थिए।
ओलीलाई स्वागतका लागि एमाले कार्यकर्ताहरू जहाजकै ढोकामा पुगेका थिए।
यसबारे विमानस्थल प्रमुख पन्तलाई जिज्ञासा राख्दा एमाले कार्यकर्ताहरूले सुरक्षाको घेरालाई चुनौती दिएर विमानस्थलभित्र पसेको र जहाजको ढोकामै पुगेको जवाफ दिए।
अध्यक्ष ओली जनकपुर आउने भएपछि बुधबार बिहानै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भएको उनले बताए।
‘नियन्त्रणका लागि डिआइजी, सिडिओलगायत धेरैजनाको उपस्थिति थियो। तर २५ जनाभन्दा बढी कार्यकर्ताको समूहलाई नियन्त्रण गर्न सकिएन,’ उनले भने।
विमानस्थलमा मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी जनक भट्टराई, प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेलगायत पुगेका थिए।
विमानस्थलले यसअघि भिआइपी रिसिभ गर्न आउँदा ५ जनाभन्दा बढी व्यक्ति नआउनु भनेर पत्राचार समेत गरेका थियो। हवाई सुरक्षाबारे चनाखो हुँदाहुँदै पनि विमानस्थलमा बल प्रयोग भएको विमानस्थल प्रमुख पन्तको भनाइ छ।
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend