Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हजुरआमाको हत्या गरी फरार ताेयनाथ १९ वर्षपछि पक्राउ


    मंगलबार, असोज २३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हजुरआमाको हत्या गरी फरार एक व्यक्ति १९ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर-७ कृष्णपुरकी मनकुमारी वाग्लेको हत्या गरी फरार उनलाई पक्राउ गरेकाे हाे ।

    पक्राउ पर्नेमा कृष्ण भनिने तोयनाथ चापागाइँ रहेका छन् ।

    भरतपुर- २८ मेघौली घर भएका चापागाई नवलपुरको वर्दघाट ४ मा रहेको बाढीपीडित स्थित शिव मन्दिरबाट भेष बदलेर साधुको रुपमा बसेको अवस्थाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    उनले २०६१ साल मंसिर १४ गते चापागाइले आफ्नो सौतेनी आमाको आमालाई हत्या गरेका थिए । उक्त समयमा २४ वर्षका चापागाई अहिले ४३ वर्षका भएका छन् ।

    पक्राउ परेका चापागाईंको अनुसन्धानको लागि जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार