काठमाडौं । अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो । उनीहरू भारत, मेक्सिकोलगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खोजेका थिए ।
स्वदेश फिर्ता आएका ती नेपालीहरू भारतबाट सबै कागजपत्र मिलाएर अमेरिकातिर हिँडेका थिए । उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत् काठमाडौंमा अवतरण गराइएको छ । अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्नेमा नेपालीहरू पनि धेरै रहेका मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी कृष्ण पंगेनीले बताए ।
उनका अनुसार पदैल मार्ग मेक्सिकोको बाटो हुँदै विभिन्न दलालमार्फत नेपालीहरू अमेरिका प्रवेश गर्ने गरेका छन्। ‘मानव तस्करहरूको ठूलो सञ्जाल रहेको छ । असोज १८ देखि २२ गतेसम्म दुई सय ९० जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मात्रै अमेरिकालगायत अन्य देश जान भनी हिँडेका नक्कली कागजातसहितका नेपालीहरूलाई फर्काइको छ,’ पंगेनीले भने ।
‘अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले सामान्यतया सुरुमा भिसा प्राप्त गर्नुपर्छ,’ उनले भने, ‘भिसा यात्रुको राहदानीमा जारी गरिन्छ । राहदानी यात्रुको नागरिकता भएको देशबाट जारी गरिने भ्रमण कागजात हो । भिसारहित यात्राका अनिवार्य सर्त पूरा गरेको खण्डमा निश्चित केही अन्तर्राष्ट्रिय यात्रुहरू भिसाविनै अमेरिकाको यात्रा गर्न योग्य हुन सक्छन् ।’
ब्युरोका अनुसार यसरी अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने नेपालीहरूको संख्या वार्षिक दुई हजारभन्दा बढी रहेको छ । नेपालको नक्कली राहदानी प्रयोग गरेर अन्य मुलुकमा मानिस पनि अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । नेपालको नक्कली रहादानी प्रयोग गरेर अन्य मुलुकका मानिस पनि अवैध तरिकाले अमेरिका प्रवेश गर्ने गरेको पाइएको छ ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend