Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसियाली खेलकुद: करातेमा एरिका फाइनलमा, रजत पदक पक्का


    शनिबार, असोज २० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हान्झाउ । चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको कराँतेमा एरिका गुरूङ फाइनलमा प्रवेश गर्न सफल भएकी छिन् ।

    ६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८-४ ले हराउँदै उनी फाइनलमा पुगेकी हुन् । उनले क्वार्टरफाइनलमा जापानकी खेलाडीलाई हराएकी थिइन् ।

    एरिकाले फाइनल पुगे लगत्तै रजत पदक पक्का गरेकी छिन् र अब स्वर्ण पदकका लागि काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग आज शनिबार नै खेल्ने छिन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार