Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिमानाका नेपालीलाई सरकारको गैरजिम्मेवारी व्यवहार


    बिहिबार, चैत्र २० २०७६
    1.3K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले  सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि छाड्ने सरकारको नीति नहुने पनि बताएका छन्। 

    उनले सिमाना नाघेर नेपालभित्र प्रवेश गरिसकेका नेपालीलाई अलपत्र रूपमा खुला बारीमा राखिएको खबर ज्यादै अमानवीय, गैरजिम्मेवार र दुस्खद भएको उल्लेख गरेका छन ।

    उनले बिहीबार ट्वीट गर्दै सीमानामा अलपत्र नेपालीलाई क्वारेन्टाइनमा राख्न कसैको आदेश नचाहिने उल्लेख गरेका छन्।

    उनले भने ‘नेपालभित्र प्रबेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्र रुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय ,गैरजिम्मेवार र दुखस्द हो। उनीहरुलाई क्वारेन्टाइनमा राख्न कसैको आदेश चाहिँदैन। तत्काल बिषेश क्वारानटिनमा राखौं । ’  

    ‘बिदेशमा रहेका लाखौलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा संभव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन,’ उनले भनेका छन्, ‘सुन्नै नसकिने यो कुरा संघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्याख्या गरेकोरु हुनै सक्दैन।’

    दार्चुलापारि दार्चुलामा सात सयभन्दा बढी नेपाली छन्। लकडाउनका कारण सीमा बन्द हुँदा उनीहरू नेपाल प्रवेश गर्न पाएका छैनन्। उनीहरूमध्ये तीन जना महाकालीमा पौडी खेलेर नेपाल आएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार