Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगन थापाको आक्रोश: संविधान विपरीत कैद मिनाहा गरिएको छ, कानूनी छिद्र टालौँ 


    बिहिबार, असोज १८ २०८०
    1.6K
    Shares
    df]/ª,@( df3 -/f;;_Mg]kfnL sfªu|]; lj/f6gu/ dxfgu/kflnsf ;ldltåf/f ljxLaf/ oxfF cfof]lht …jt{dfg /fhgLlts cj:yf ;+j}wflgs ;Í6 o;sf] lgsf; / cfhsf] cj:yfÚ ljifos ljrf/ uf]i7Ldf af]Nb} g]kfnL sfªu|];sf s]Gb|Lo ;b:o uug yfkf. t:aL/ Mdgf]h bfxfn–/f;;
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले कानूनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा दिने गरिएको भन्दै बलियो कानून बनाउनु पर्ने सुझाव दिएका छन् ।

    आज बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले संविधान दिवसका दिन केही व्यक्तिलाई संविधानको मर्म विपरीत र कानूनको छिद्रबाट कैद मिनाहा गरिएको भन्दै सरकारको यस कदमको विरोध गरे ।

    उनले सरकारले बद्नियतका साथ निर्णय गरेको आरोप लगाए । उनले गम्भीर अपराधमा दोषी ठहर गरिएकालाई कैद मिनाहा गर्नुको कारण सरकारले स्पष्ट पार्नुपर्ने बताए ।

    सार्वजनिक रुपमा प्रश्न उठेको भन्दै उनले यसको जवाफ सरकारले दिनैपर्ने बताए । सांसद थापाले कानूनको छिद्रबाट यस्तो प्रकारको माफी दिइने गरेको भन्दै कानूनी छिद्र टाल्नुपर्ने बताए ।

    यसको लागि अपव्याख्या नहुने गरी एकीकृत कानून बनाउनुपर्नेमा थापाले जोड दिए । उनले फागुन ७ गतेभन्दा अगाडि नै कानून बनाउनु पर्ने र त्यसपछि यस्तो घटना दोहोरिन दिन नहुने बताए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार