Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गगन थापा भन्छन्- अर्को नयाँ काण्ड आउला कि भनेर डर लागिरहेको छ


    शनिबार, मंसिर ३० २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अचेल आफ्ना कुराहरू सामाजिक सञ्जालबाट भिडियो फुटेजमार्फत प्रस्तुत गर्न थालेका छन् ।

    तीन दिन अघि उच्च शिक्षामा भएको दलीयकरण र भागबन्डाको विरोधमा बोलेका थापाले आज स्टक एक्सचेन्जमा सरकारले एउटा नयाँ काण्ड गराउला कि भनेर आफूलाई डर लागिरहेको टिप्पणी गरेका छन् ।

    नयाँ स्टक एक्सचेन्जको अनुमतिपत्र (लाइसेन्स) बाँड्ने निर्णय गरेर सरकारले अर्को भ्रष्टाचारको काण्ड घटाउन लागेको भन्दै महामन्त्री थापाले त्यसलाई रोक्न सरकारसँग माग गरेका छन् । उनी भन्छन्, ‘एकपछि अर्को काण्ड हामीले बेहोर्दै आएका छौं, फेरि अर्को नयाँ काण्ड सरकारले गराउला कि भनेर मलाई चाहिँ डर लागिरहेको छ ।’

    ‘सरकारले उपयुक्त अध्ययन बिना दीर्घकालीन महत्वका निर्णय लिनु भनेको पनि कुशासन हो । नयाँ स्टक एक्सचेन्जको अनुमति दिने प्रक्रियामा यस्तै भएको छ,’ कांग्रेस नेता थापा भन्छन्, ‘कुनैबेला सरकार आफैँले रोकेको स्टक एक्सचेन्जको अनुमति बाँड्ने निर्णय पुनः अर्को अध्ययन नगरी अगाडि बढाउन लागेको खबरहरू आएका छन्।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार