Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगनको चेतवानी- नेपालले पनि आफ्नो साँस्कृतिक नक्सा जारी गर्नुपर्छ


    बिहिबार, जेष्ठ २५ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गरेर आफ्नो हक खोज्नुपर्ने उल्लेख गरेका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले नेपाली भूमि दिएर भारतको बाटो प्रयोग गर्ने विषयमा नेपालले असहमति जनाउनु पर्ने बताए।

    ‘भारतले आफ्नो साँस्कृतिक नक्सा जारी गर्छ भने नेपालले पनि आफ्नो साँस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्छ,’ उनले भने, ‘यसमा भारतले कुनै चासो दिँदैन होला।’

    फरक प्रसंगमा महामन्त्री थापाले अब पार्टी सभापतिको बाटो हेरेर नबस्ने बताए।

    ‘सभापतिले गर्नुहुन्छ भनेर बाटो हेरेर बस्दैनौं,’ उनले भने।

    सभापतिको एकल अधिकार बाहेकका कुनै पनि काम अब बाँकी नराखी अगाडि बढ्ने उनले बताए।

    ‘कति काम पार्टीको सभापतिले मात्रै गर्न पाउने व्यवस्था छ। केन्द्रीय कमिटीको बैठक सभापतिले मात्रै बोलाउनु पाउनुहुन्छ। मैले बोलाएँ भने पार्टी अप्ठ्यारोमा पर्छ। तर लामो समयदेखि बैठक बसेको छैन। हामीले सभापतिलाई बैठक बोलाउनुहोस् भनेर दबाब दिनुपर्छ,’ उनले भने।

    पार्टीका नेता/कार्यकर्ताले दुई जना महामन्त्रीबाट आशा राख्नु स्वाभाविक भएको उनले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार