Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस डराएर १० सीटेलाई डेढ वर्ष प्रधानमन्त्री बनाउँछौँ भन्ने ठाउँमा पुग्यो : गगन थापा


    शनिबार, असार १६ २०८०
    1.7K
    Shares
    df]/ª,@( df3 -/f;;_Mg]kfnL sfªu|]; lj/f6gu/ dxfgu/kflnsf ;ldltåf/f ljxLaf/ oxfF cfof]lht …jt{dfg /fhgLlts cj:yf ;+j}wflgs ;Í6 o;sf] lgsf; / cfhsf] cj:yfÚ ljifos ljrf/ uf]i7Ldf af]Nb} g]kfnL sfªu|];sf s]Gb|Lo ;b:o uug yfkf. t:aL/ Mdgf]h bfxfn–/f;;
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सत्ताबाहिर बस्नुपर्छ भन्ने डरले गर्दा कांग्रेस १० सीट भएका माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री मान्न समेत तयार हुने अवस्था आएको बताएका छन्।

    नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अबको नीति महाधिवेशनले सत्तामा जानका लागि विधिभन्दा बाहिर जे पनि गर्दैनौँ भन्ने कुरा लिपिबद्ध गर्नुपर्ने चिन्ता व्यक्त गरेका छन् ।

    महामन्त्री थापाले भने– आज कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको छ । १० सीट जितेको पार्टीको नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर टाउकोमा राखे, बुइमा चढाएर कांग्रेस अन्तिममा डेढ वर्ष प्रधानमन्त्री बन्छौँ भन्ने अवस्थामा पुगेको छ । सरकारबाट बाहिर जानुपर्ला भनेर डराएर यस्तो गरिएको हो । अब नीति महाधिवेशनले यो परिवर्तन गर्नुपर्छ ।

    महामन्त्री थापाले अब नीति महाधिवेशनबाट कांग्रेसले विधानमै चुनावअघि कुनै पनि दलसँग तालमेल वा गठबन्धन गर्दैनौँ भनेर लेख्नुपर्ने बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार