Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गगन थापाले भने- नीति महाधिवेशन भदौको अन्तिममा गर्ने भयो


    सोमबार, जेष्ठ २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसला महामन्त्री गगन कुमार थापाले भदौको अन्तिम साता नीति महाधिवेशन गर्ने भएको बताएका छन् ।

    नेपाली कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन दाङ पुगेका महामहान्त्री थापाले भने,‘हामी भदौको मसान्तमा नीति महाधिवेशन गर्छौ । नीति महाधिवेशनबाट पार्टीका महत्वपूर्ण निर्णयहरु गर्छौं।’

    महाधिवेशन सकिएको ६ महिना पछि नीति महाधिवेशन गर्ने भनिएपनि हालसम्म मिति तोकिएको छैन । महाधिवेशन सकिएको डेढ वर्ष वितेको छ । प्रशिक्षण कार्यक्रम सुरु हुनु अघि थापाले राप्ति गाउँपालिकामा स्थानीय नेता कार्यकर्तासँग छलफल क्रममा उनले उक्त कुरा गरेका हुन् ।

    महामन्त्री थापाले भदौअघि नै भ्रातृसंस्थाको पूर्णता, विभाग गठन लगायतका काम सकिने बताए । नागरिकका आँखाबाट हेर्दा संगठन निर्माणको अर्थ नरहने उनले बताए । ‘नागरिकका लागि हामी भित्रको कुरा पनि ठीक बनाउनु छ । सँगसँगै बाहिरबाट हेरिँदा पनि हामी ठिक देखिनु छ’, महामन्त्री थापाले भने ।

    कांग्रेस बाँच्नुको आधार मर्न तयार हुने तर सिद्धान्तमा सम्झौता तयार नहुने कारणले भएको थापाले सुनाए। पछिल्लो समय सरकारका लागि कांग्रेस जे पनि गर्ने पार्टीका रुपमा चित्रित भएको थापाको भनाइ छ। ‘जोसँग पनि मिल्छ, जे पनि गर्छ । नहुने कुरा पनि गर्छ भन्ने हुँदै गएको छ, थापाले भने, ‘हाम्रा केही गलत क्रियाकलापले होला । यो कुराहरु सच्याएनौं भने पार्टीको बैठक मात्रै सच्याएर हुँदैन।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार