काठमाडौं । कञ्चनपुरमा एक महिलाको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ आईबिआरडीकी २७ वर्षीया लक्ष्मी घर्तीको हत्या गर्ने चार जना युवक डेढ महिनापछि पक्राउ परेका हुन् ।
साउन २९ गते आफ्नो घर आईबिआरडी बजारदेखि ‘घ’ गाउँस्थित मामाघर जान्छु भनी हिँडेकी लक्ष्मी भोलीपल्ट बिहान घर नजिकैको सडक क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । लक्ष्मीको हत्या भएको भन्दै किटानी दर्ता भएको थियो ।
त्यसलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले डेढ महिनापछि सफलता हात पारेको हो । घटनामा संलग्न रहेको भन्दै बेलौरी नगरपालिका वडा नम्बर १ बस्ने सरोज राना, सोही ठाउँ बस्ने १९ वर्षीय राहुल राना, लालझाडी गाउँपालिका वडा नम्बर १ नौरङ्गा बस्ने ३३ वर्षीय सेनराज राना र नौरङ्गाकै पर्शु रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न राज कुमार रानाको खोजी भइरहेकाे प्रहरीले जनाएको छ । घटना रहस्यमयी भएकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाएको छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend