काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ। प्रतियोगिताको क्वाटरफाइनल खेलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको हो ।
भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनले ४८ बलमा सतक पुरा गरेका थिए। रुतुराज गाइक्वाडले २५ रन बनाए।
रिंकु सिंहले १५ बलमा ३७ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे। भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। भारतले अन्तिम दुई ओभरमा मात्र ३९ रन जोड्यो।
अविनाश बोहराले २० औँ ओभरमा २५ रन खर्चिएका थिए। अविनाशले ४ ओभरमा ५३ रन दिए। सन्दीपले ३ ओभरमा २८, सोमपालले ४ ओभरमा ३८, रोहित पौडेलले ३ ओभरमा २६ र दीपेन्द्रले ४ ओभरमा ३१ रन खर्चिए।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend